News

शुभम पावर लिमिटेडको पनि आईपिओ आउने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

साधारण शेयर निष्काशन गर्ने कम्पनीको सुचीमा फेरि अर्को कम्पनी थपिएको छ । साधारण शेयर निष्काशनको अनुमति माग्दै शुभम पावर लिमिटेड (Shuvam Power Limited) ले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

जलविद्युत्त कम्पनीहरुले आयोजना प्रभावित स्थानियका लागि अनिवार्य शेयर दिनुपर्ने नियमानुसार कम्पनीले संखुवासभाका स्थानीय बासिन्दाका लागि २ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

आइपिओ निष्काशनका अनुमति माग्दै कम्पनीले गत बुधबार धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।